२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

मृत्यु संस्कारको भोज नखान र नखुवाउन अनुरोध

नेपालीमा एउटा उखान छ, ‘नेवार मर्छ भोजले, पर्वते मर्छ मोजले’ । नेवार समुदायमा जन्म, ब्रतबन्ध, विवाहमा मात्रै होइन, जीवनका अनेक आरोह अवरोहमा पनि भोज खुवाउने चलन छ । तीमध्ये परिवारजनको मृत्युको दुःखद् शोकमा पनि भोज खुवाउने चलन छ ।

मृत्यु भएको डेढ महिना, ६ महिना, एक वर्षमा नातागोता, आफन्त, छरछिमेक सबैलाई निमन्त्रणा गरी भोज खुवाउनु पर्छ । साथै मृतकको नाममा एकवर्षपछि पनि दोस्रो वर्ष, तेस्रो, चौथौं, पाँचौ गरी एवं तरिकाले वर्षैपिच्छे निरन्तर भोज खुवाउनुपर्ने चलन छ ।

यही चलन कुसंस्कार भएको भन्दै भक्तपुरको एउटा सामाजिक संस्थाले यस्तो भोज नगर्न र नगराउन सबैसँग अनुरोध गरेको छ । उसले सार्वजनिक अपिल नै सार्वजनिक गरी संस्कारको नाममा कुसंस्कारलाई पनि मान्यता दिन छोड्नुपर्ने तर्क राखेको छ ।  

भक्तपुर नगरपालिका-६ चोछें भक्तपुरले यस्तो अपिल गरेको हो ।

समितिका सचिव सुरेशन धुसूले सामाजिक कुसंस्कारको रुपमा भएको यस्ता चलनलाई हटाउनुपर्ने भएकाले यस्तो पाइला चालेको बताए । उनले एकातिर दुःख पर्ने र अर्कोतिर थप आर्थिक भार पर्ने भएकाले यस्ता कुसंस्कारलाई हटाउनुपर्ने आफूहरुको भनाई रहेको बताए ।

आदर्श आजाद कलेज भेलुखेल भक्तपुरमा संस्कृति विषयका अध्यापक राजेश गाइजू अहिलेको यस्तो चलन निरुत्साहित गर्नुपर्ने पक्कै हो भन्छन् ।  

तर समाजले यसलाई बुझ्नुपर्ने यो प्रचलन भोज भनेर बोलाएको नभई मृतकको नाममा गरिएको श्राद्धको प्रसाद ग्रहणमा सामेल हुन वा मृतक भएको परिवारको दुःखमा समाहित भई मनको सान्त्वना दिन आफन्त र छिमेकीहरू बोलाउने भएको उनी भन्छन् । तर आजभोलि तडकभडक बढी देखिएर यो भोजमा परिणत भएको उनको भनाई छ ।

प्रकाशित: १७ मंसिर २०८२ २०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App