२४ भाद्र २०८२ मंगलबार
image/svg+xml २३:४९ अपराह्न
समाज

दमक भ्यू टावर अवलोकन गर्न सर्वसाधारणको घुइँचो

<br>

फाइल।

झापाको दमकमा निर्माण सम्पन्न भएको व्यापारिक कम्प्लेक्स तथा भ्यू टावर साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।

धरहराभन्दा अग्लो भनिएको यो टावर खुलेलगत्तै अवलोकनका लागि पुग्ने सर्वसाधारणको संख्या दिनप्रतिदिन बढिरहेको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार पहिलो तीन दिनमै एक हजारभन्दा बढीले भ्यू टावरको अवलोकन गरेका छन्। आयोजना प्रमुख रमेश थिङका अनुसार साउन १ गते ४१८, साउन २ गते ३८१ र साउन ३ गते ४८१ जनाले टावरको अवलोकन गरेका हुन्।

शहरी विकास मन्त्रालयले हाल परीक्षणका रूपमा टावर सञ्चालनमा ल्याएको हो। अवलोकनका लागि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय तोकिएको छ भने प्रतिव्यक्ति प्रवेश शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ।

१८ तलाको यो व्यापारिक कम्प्लेक्स १०० मिटर अग्लो छ। यसको ७२ मिटर उचाइ कंक्रिट संरचनामा र बाँकी २८ मिटर मेटल फ्रेममा निर्माण गरिएको छ।

टावर खुलेपछि पूर्वी नेपालका विभिन्न स्थानबाट मानिसहरु अवलोकनका लागि दमक पुग्न थालेका छन्।

प्रकाशित: ४ श्रावण २०८२ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App