राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।
बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रकाशित: ३० वैशाख २०८३ ११:५८ बुधबार





