राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ। आज (बुधबार) बिहान बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।
आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ।
प्रकाशित: ३० वैशाख २०८३ १०:२९ बुधबार





