लागू औषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गुलरिया नगरपालिका–७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट ठूलो मात्रामा खैरो हिरोइनसहित ३५ वर्षीय तेजेन्द्र कुमार र २६ वर्षीय विजय सिंहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
दुवै जनाको साथबाट २ सय ८० ग्राम लागू औषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए।
प्रकाशित: ३० वैशाख २०८३ ०९:४६ बुधबार





