२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

जिल्ला प्रशासन मोरङलाई निजी क्षेत्रद्वारा गाडी हस्तान्तरण

मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई गाडी हस्तान्तरण गरेको छ। मोरङ उद्योग व्यापार संघले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडी हस्तान्तरण गरेको हो। 

मोरङ उद्योग व्यापार संघमा रहेको गाडी मर्मत गरेर हस्तान्तरण गरिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए। जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङको भवन, सिडिओ चढ्न गाडीलगायत कार्यालयका अन्य सवारी साधनमा समेत आगजनी गरिएको थियो। 

यस्तै जिल्ला प्रहरी कार्यालयलाई पनि एक थान मोटरसाइकल हस्तान्तरण गरिएको छ। आन्दोलनका क्रममा प्रहरीका पनि मोटरसाइकल र गाडी जलेकाले मोरङ उद्योग व्यापार संघले मोटरसाइकल हस्तान्तरण गरेको हो। यस्तै व्यापार संघले जिल्ला प्रशासन कार्यालयलाई कम्प्युटर, फर्निचरलगायतका सामाग्रीसमेत दिएको जनाएको छ। 

प्रकाशित: १२ आश्विन २०८२ १९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App