भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित मञ्जुश्री गुम्बा नजिकै बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा कम्तीमा दुई जना मजदुरको मृत्यु भएको छ।
तीव्र ओरालोमा ट्याक्टरको ‘ब्रेक’ फेल भई सडकमा पल्टिँदा अन्य नौ जना घाइते भएका छन्।
स्थानीय कलमसीस्थित एक होटलमा ढलानको कार्य सम्पन्न गरी फर्कने क्रममा दुर्घटना भएको हो। ढलानमा संलग्न १२ जना मजदुर सवार रहेको ट्याक्टर ओरालो बाटोमा अनियन्त्रित भई पल्टिएको स्थानीयले जनाएका छन्।
सडकमै पल्टिएको ट्याक्टरले च्यापिँदा दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका नौ जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ २१:४४ बुधबार





