२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

आदिवासीका अधिकार कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आदिवासी जनजातिका अधिकारको पूर्ण कार्यान्वयन र पहिचानको सम्मान संरक्षणका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको बताएका छन्। 

विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभापति थापाले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारलाई व्यवहारमै पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। 

थापाले नेपालको मौलिक पहिचान, समृद्ध भाषा, संस्कृति, परम्परा तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा आदिवासी समुदायको अतुलनीय योगदान रहेको समेत बताएका छन्। उनले राज्यका हरेक तहमा समतामूलक सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। 

‘संविधानले सुनिश्चित गरेका आदिवासीका अधिकारहरूको पूर्ण कार्यान्वयन, पहिचानको सम्मान, भाषा–संस्कृतिको संरक्षण र राज्यका हरेक तहमा समतामूलक सहभागिताका लागि हामी निरन्तर प्रतिबद्ध छौँ,’ थापाले भनेका छन्। 

प्रकाशित: २४ श्रावण २०८३ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App