३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट भएको छ।

मंगलबार समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले एसियन गेम्समा छनोट भएका हुन्। दुवै खेलमा हार बेहोरेको चीन भने बाहिरिएको छ।

क्वालिफायरमा नेपालसँगै समूह ‘ए’मा मलेसिया, चीन र कतार थिए। कतार प्रतियोगितामा सहभागि नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन्।

अर्को समूहबाट हङकङ, ओमान, सिंगापुर र बहराइन मध्ये दुई टोली एसियन गेम्समा पुग्नेछन्।

यसअघि आइसिसी वरीयताको आधारमा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छनोट भइसकेका छन्। आयोजक राष्ट्र भएकाले जापान पनि अर्को चरणमा पुगिसकेको छ।

२० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ।

प्रकाशित: १९ जेष्ठ २०८३ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App