६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।  

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको बताए।  

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ  । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।

प्रकाशित: २१ फाल्गुन २०८२ १७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App