१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सांकेतिक तस्बिर

हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार जिल्ला अस्पताल सिमकोट पुर्या‍इएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पताल पुर्‍याइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्।

गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान ८ बजे गोठी स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो। स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाइएकोमा सोही दिन बेलुका ५ बजे अस्पताल पुर्‍याइएको हो।  

विकको पेटमा पानी जमेको कारण जिल्लामा उपचार गर्न नसकिएको हो। यसका लागि स्वास्थ्य चौकी सर्केगार्ड गाउँँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

प्रकाशित: २९ माघ २०८२ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App