नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ठुलो संख्यामा बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई) हरूको पदस्थापन गरिएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका ४२४ जना प्रहरी सहायक निरीक्षकहरूलाई हालको दरबन्दीबाट तलब, भत्ता तथा राशनसहित पदस्थापन गरिएको हो।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची प्रहरीको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ।

प्रकाशित: २६ पुस २०८२ १०:५० शनिबार





