४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने मेयरका ज्वाइँलाई खोज्दै प्रहरी

कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेलका ज्वाइँ समेत रहेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ। बिहीबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई कुटपिट गरेका मेयरका ज्वाइँ उमेशलाई प्रहरीले खोजी कार्य जारी राखेको हो।

कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए। कुटपिटपछि उमेश फरार छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) रणबहादुर चन्दले बताए।

प्रकाशित: ३ श्रावण २०८२ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App