२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पाटनले दियो जिल्ला सरकारी वकिल कार्यालयलाई अस्थायी सवारी

जिल्ला सरकारी वकिल कार्यालयलाई उच्च सरकारी वकिल कार्यालय, पाटनले अस्थायी सवारीसाधन उपलब्ध गराएको छ।

भदौ २४ मा जेन–जी आन्दोलनको दोस्रो दिनमा माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय प्रमुखले प्रयोग गर्ने सवारीसाधनमा आगजनी गरिएको थियो।

उक्त सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उच्च सरकारी वकिल कार्यालयले आफ्नो बा.अ.ब. ३८३८ नम्बरको ११० गाडी जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको हो।

क्षतिग्रस्त गाडीको सट्टामा नयाँ सवारीसाधनको व्यवस्था नहुन्जेल पाटनले यो गाडी उपलब्ध गराएको हो।

प्रकाशित: ८ आश्विन २०८२ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App