२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

पाँचथर बोलेरो दुर्घटना: मृतकको पहिचान खुल्याे

तमोर कोरिडोर अन्तर्गत यहाँको कुम्मायक गाउँपालिका-३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका-४ साँवाबाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक-३ कात्तिकेमा सडकबाट ३०० मिटर जति तल झरेर दुर्घटना भएको थियो। दुर्घटनामा छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा मोरङको उर्लाबारी नगरपालिका -८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका -२ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका -४ का २१ वर्षीया गीता हाङगाम छन्।

घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमा मेरिङदेन-५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका-४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका-७ का ३५ वर्षीय महेश गुरागाईं छन्। बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १९ आश्विन २०८२ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App