हाम्रो पात्रो सामाजिक सञ्जालहरूको सूचीमा सूचीकृत भएको छ ।
शुक्रबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो ।
बिहीबार मात्रै सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जालहरू सूचीकृत नभएको सूचीमा हाम्रो पात्रो पनि रहेको थियो।
प्रकाशित: २० भाद्र २०८२ १९:०६ शुक्रबार





