सुनसरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
रामधुनी नगरपालिका-८ डुम्राहा बस्ने ५१ वर्षीय पदम सिंह खवासको सोही ठाउँस्थित पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो।
डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २१ भाद्र २०८२ २१:३१ शनिबार





