२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट एक जना घाइते

<br>

फाइल तस्बिर

चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। बारबर्दिया नगरपालिका–१०, स्थित आइतबार साँझ साढे ५ बजे चितुवाको आक्रमणबाट बैदीका दिनेश चौधरी घाइते भएका हुन्।

मथुराचोकस्थित फुटबल मैदानमा राँगा चराउन गएको बेला चितुवाले चौधरीलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। चौधरीको घाँटी र छातीमा चोट लागेको छ।

घाइते चौधरीको नगर अस्पताल जयनगरमा उपचार भइरहेको छ।

प्रकाशित: ५ श्रावण २०८२ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App