२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

एक फर्ममाथि ५० हजार जरिवाना, १६ फर्मलाई निर्देशन

नियमित रुपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो।

अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ। लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ।

प्रकाशित: १२ माघ २०८२ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App