पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
हिलिहाङ गाउँपालिका-५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ-५ का आभास माबोको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेची राजमार्गको डोपकिलेबाट अम्रिसोको कुचो लिई सुभाङतर्फ गइरहेको पिअकप आज दिउँसो २ः२० बजे घुम्तीमा अनियन्त्रित भई सडकबाट तल झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।
दुर्घटनामा सोही स्थानका सन्दीप उभरकोटी र पिकअप चालक झापा बुद्धशान्ति गाउँपालिका-६ का कृष्णबहादुर बराइली घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।
प्रकाशित: १९ चैत्र २०८२ १८:१३ बिहीबार





