१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

कैलाली कारागारमा कैदीबिच झडप, एकको मृत्यु, ४७ घाइते

जिल्ला कारागार कैलालीमा कैदीबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ। धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार शुक्रबार राति भएको झडपमा ४७ जना घाइते भएका छन्। 

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए। प्रहरीका अनुसार कारागारको ए र बी ब्लकमा झडप भएको हो। अस्पतालमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: २४ श्रावण २०८२ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App