१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

वीपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले वीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।  

गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको यो राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेको आइतबारको बैठकले वीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुनेछ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।  

यस अघि भदौ १५ गते रातिसम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समय भदौ मसान्तसम्मको लागि लम्बिएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचना हेर्नुहोस् 

प्रकाशित: १६ भाद्र २०८२ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App