१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

भारतीय नागरिकलाई नेपाली नागरिकता !

जिल्ला प्रशासन कार्यालय कालीकोटले भारतीय नागरिकलाई नागरिकताको प्रमाण पत्र दिएको पाइएको छ। कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका-५ का जिरबहादुर शाहीले आफ्नो छोरा बनाई भारतीय नागरिक शंकरलाई नागरिकताको प्रमाण पत्र दिलाएको पाइएको हो।

छितबहादुर बमले आफ्नो भिनाजु नाता पर्ने जिरबहादुरलाई आफ्नो छोरा बनाएर नागरिकता दिन सल्लाह गरे अनुसार सबै डकुमेन्ट तयार पारी नागरिकताको प्रमाण पत्र दिएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ। उनीहरूले असार २३ गते सबै डकुमेन्ट तयार पारी शंकर शाहीको नाममा नागरिकता लगेका थिए।  

त्यसको एक महिनापछि  वडाध्यक्ष रामराज बमले भारतीय नागरिकलाई नागरिकता दिएको खबर जिल्ला प्रशासन कार्यालयमा गरेपछि साउनमा नागरिकता दिलाउने जिरबहादुर र छितबहादुरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो। नागरिकता लिने भारतीय नागरिक अहिले फरार छन्।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले सबै कागजाच ठीकै लागेपछि आफूले नागरिकता दिएको बताए। उनले भने, ‘वडाको सिफारिसदेखि सबै डकुमेन्ट ठीक थियो। मैले त्यसैका आधारमा नागरिकता दिएँ। पछि वडाध्यक्षले भारतीय नागरिक भएको खबर दिनुभयो अनि आफूलाई थाहा भयो,’ उनले भने।

प्रहरीका अनुसार छितबहादुरले भिनाजु नाता पर्ने जिरबहादुरलाई ललाइफगाइ गरी नागरिकता दिन लगाएपछि जिरबहादुरले आफ्नो छोरा बनाई नागरिकता दिएको प्रहरीले जनाएको छ।

नागरिकता दिने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मालाई कुनै कारबाही नभएको पाइएको छ। अन्य वडाको सिफारिस दिने वडाध्यक्ष रामराज बम, स्थानीय जिरबहादुर शाही र छितबहादुर बमलाई थुनछेक बहसपछि धरौटीमा रिहा भएका छन्।

वडाध्यक्ष रामराज बमलाई ७५ हजार, जिरबहादुर शाहीलाई २ लाख ५० हजार र छितबहादुर बमलाई २ लाख ५० हजार धरौटी कायम गरेको जिल्ला अदालत कालीकोटले जनाएको छ। जसमा वडाध्यक्ष रामराज बमले ७५ हजार धरौटी बुझाएर थुना मुक्त भएका छन् भने अन्य दुई जना धरैटी बुझाउन बाँकी छन्। उनीहरूलाई नागरिकता ऐन २०६३ अनुसार अनुसन्धान हुने छ।

प्रकाशित: २२ भाद्र २०८२ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App