२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

११६ देशलाई पछि पार्दै दक्षिण कोरियामा नेपाली राजदूत सम्मानित

दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ।

कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहेका छन्।

कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यावसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। त्यस अवसरमा राजदूत डा तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताइन्। उनले यस सम्मानले नेपाल र कोरियाबिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन्।

राजदूत तुम्बाहाङफेले नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबिच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराइन्। उनले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उक्त कार्यक्रममा अन्य दुई देशका राजदूतहरूलाई पनि उपभोक्ता हित, अन्तर्राष्ट्रिय सहकार्य तथा आपसी सम्बन्ध प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App