आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल तीव्र दबाबमा परेको छ।
३० ओभरमा ९३/३ को सामान्य स्थितिमा रहेको नेपालले त्यसपछि लगातार तीन विकेट गुमाउँदै ३४.२ ओभरमा १०० रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाएको छ।
नेपालले थप ७ रन जोड्दा ३ विकेट गुमाएपछि इनिङ्स संकटमा परेको हो। ३१ औं ओभरको पहिलो बलमा सेट ब्याटर दीपेन्द्र सिंह ऐरी ३० रनमा आउट भए।
त्यसलगत्तै क्रिजमा आएका आरिफ शेख खाता खोल्नै नपाई शून्य रनमा पेभेलियन फर्किए। यी दुवै विकेट नामिबियाका स्पिनर बर्नार्ड स्कोल्ट्जले लिएका हुन्।
नेपालको संकट त्यतिमै टरेन। क्रिजमा टिकिरहेका कप्तान रोहित पौडेल पनि व्यक्तिगत ३१ रन बनाउँदै ज्याक ब्रासेलको बलमा क्याच आउट भए। अहिले क्रिजमा गुलशन झा र सोमपाल कामी ब्याटिङ गरिरहेका छन्।
यसअघि ओपनर कुशल भुर्तेल २ रन, इसान पाण्डे ८ रन र आसिफ शेख १६ रनमा आउट भएका थिए। नामिबियाका लागि जेजे स्मिट, बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान २–२ विकेट लिँदै नेपाली ब्याटिङ लाइनलाई धराशायी बनाएका छन्।
प्रकाशित: ५ श्रावण २०८३ १७:१८ मंगलबार





