१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

नेपाल–भारत नाका आज रातिदेखि तीन दिन बन्द हुने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत जोड्ने धनगढीको त्रिनगर, टीकापुरको सत्तीघाट र भाजनी नाका १७ गते रातीदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सोमबार राति १२ बजेदेखि भारत जोड्ने नाकाबन्द गरिने भएको हो । फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् । निर्वाचनका बेला देशभरिका अन्तर्राष्ट्रिय नाका बन्द गरिने उनले बताए । कैलालीमा रहेका मुख्य तीन नाका त्रिनगर, भजनीको नाका र टीकापुरको सत्तीघाट नाका बन्द गरिने उनले बताए ।

नाकामा यातायातका साधन सञ्चालन तथा आवतजावतमा रोकलगाइएको उनको भनाइ छ ।

एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी साधन भने सञ्चालन गर्न अनुमती दिइने उनको भनाइ छ । अन्य सवारी सधानमा भने रोक लगाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नाका बन्द रहने जानकारी गराएको छ ।

कैलालीमा आगामी निर्वाचनलाई लक्षित गरेर प्रहरीले सीमा नाका तथा खुला सीमाना भएको क्षेत्रमा चेकजाँच र निगरानी बढाएको छ । यहाँ भारतसँग जोडिएको एक सय किलोमिटर खुला सीमाना रहेको छ ।

 

प्रकाशित: १८ फाल्गुन २०८२ २०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App