नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने क्रममा काठमाडौं-दिल्ली-काठमाडौं हवाई सेवामा थप उडान सञ्चालन गर्ने निर्णय गरेको छ। यात्रुको बढ्दो चाप र हवाई यात्राको उच्च मागलाई ध्यानमा राख्दै निगमले नयाँ तालिका लागू गरेको जनाएको छ।
हालसम्म काठमाडौं-दिल्ली-काठमाडौं रुटमा आरए २१७ र २१८ नम्बरको दैनिक एउटा उडान सञ्चालन हुँदै आएको थियो। तर आज (चैत्र १७ गते)देखि आरए २०५ र २०६ नम्बरको अतिरिक्त उडान हप्तामा तीन दिन सञ्चालन गरिने निगमले जनाएको छ। निगमका अनुसार यो नयाँ व्यवस्थासँगै काठमाडौं-दिल्ली-काठमाडौं रुटमा अब साप्ताहिक १० वटा उडान सञ्चालन जनाएको छ।
अन्तर्राष्ट्रिय उडान विस्तारलाई प्राथमिकतामा राख्दै आएको निगमले पछिल्लो समय आफ्नो सेवा सुधार, उडान नियमितता तथा यात्रु सुविधामा ध्यान केन्द्रित गरिरहेको छ।
प्रकाशित: १७ चैत्र २०८२ १३:३४ मंगलबार





