१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

काजमा रहेका १४ चिकित्सक दरबन्दी भएकै अस्पताल फिर्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १६ को बैठकले काजमा रहेका १४ जना चिकित्सकलाई दरबन्दी रहेकै अस्पताल फिर्ता पठाएको छ। विशेष गरी डडेल्धुरा, नारायणी उपक्षेत्रीय अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालको सेवालाई प्रभावकारी बनाउने भन्दै काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ।

काज फिर्ता हुने चिकित्सकहरूमा डा. रोहिता बज्राचार्यलाई भरतपुर अस्पतालबाट गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, डा. जोसनलाला बज्राचार्यलाई कोशी प्रदेश कार्यालयबाट गजेन्द्रनारायण अस्पताल, डा. विशाल कुमार देवालाई कोशी अस्पताल विराटनगरबाट गजेन्द्रनारायण अस्पताल र डा. सुशील समदर्शीलाई कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट गजेन्द्रनारायण अस्पताल फिर्ता पठाइएको छ। उनीहरू हालका अस्पतालहरूमा काजमा रहेका थिए।

त्यसैगरी डडेल्धुरा अस्पतालका लागि चार जना चिकित्सकलाई काज फिर्ता गरिएको छ। जसमा डा. सन्तोष कुमार गुप्ता सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालयबाट डडेल्धुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. मिसन्ता शर्मा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. सुयोग्य वाग्लेलाई डडेल्धुरा अस्पतालका लागि रेफर गरिएको हो।

नारायणी अस्पताल पर्साका लागि भने पाँच जना चिकित्सकलाई काज फिर्ता गरी सोही अस्पताल खटाइने भएको छ। जसमा राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालबाट डा. सोनिकाधरी श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. संजोग तिमिल्सिना, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभाग टेकुबाट डा. मुकेश पौडेल र कान्ति बाल अस्पतालबाट डा. दिपेश भट्टराईलाई काज फिर्ता गरिएको छ। मन्त्रालयका अनुसार उनीहरू स्वास्थ्य सेवातर्फका नवौँ र दसौँ तहका कर्मचारी अन्तर्गत पर्छन्।

प्रकाशित: १७ चैत्र २०८२ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App