१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुई तर्फी अवरुद्ध भएको थियो।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एक तर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुई तर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ। रासस

प्रकाशित: ३ आश्विन २०८२ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App