२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

फाइल तस्बिर

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आइतबार बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । 

इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए । 

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । 

प्रकाशित: १ भाद्र २०८२ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App