२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

फाइल तस्बिर

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलेको छ। 

मुग्लिन-नारायणघाट सडकमा तुइन खोला नजिकै झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरले जनाएको छ।

 सडक डिभिजन भरतपुरका अनुसार दुईतर्फी आवागमन खुलाउन प्रयासरत रहेको र ढुंगा झर्ने क्रम जारी नै रहेको छ। लेन अनुशासनकाे पालना गर्न अनुरोध गरिएको छ।

यस्तै मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ।

यस सडकको विकल्पमा मुग्लिङ-आँबुखैरेनी-गाेरखा-ढुवाडेभञ्ज्याङ्ग-घ्याम्पेसाल-आरुघाट-धादिङ्वेशी-मलेखु सडक खण्ड प्रयाेग गर्न सकिन्छ। गाेरखा बजारबाट ९० किमी मात्र दूरी रहेकाे ८५ किमी पिच सडक रहेकाे छ।

प्रकाशित: ७ आश्विन २०८२ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App