२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  

नयाँ आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यस्तै दुई राज्यमन्त्रीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  

नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक,  उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रीमा  भीम पराजुली, आन्तरिकमामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली रहेका छन् ।  

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् ।

उद्योग कृषि तथा सहकारी मन्त्रीमा  इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु रहेकी छन् । 

प्रकाशित: २२ पुस २०८२ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App