२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

पोखरामा बिहीबारदेखि ‘मृत्यु यस्तो हुनु हुँदैन’

पोखरामा विहीबारदेखि नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुने भएको छ । पद्माप्रेम थिएटरको तेस्रो प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको यो नाटक पोखरा–४ गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा आउँदो विहीबारदेखि मञ्चन हुने आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।  

बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा आधारित भएर तयार भएको यस नाटक पुस २४ गतेदेखि २७ गतेसम्म मञ्चन हुने पोखरा थिएटरका संस्थापक एवम् निर्देशक पञ्चसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार चार दिन मञ्चन हुने सो नाटक शनिबारबाहेक अन्य दिन दैनिक साँझ ५ बजे तथा शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे गरी दुई सो मञ्चन हुनेछ ।  

नाटकले मानिसले मर्न पनि जान्नुपर्छ भन्ने सन्देश दिने जनाइएको छ । नाटक लेखिका सबु पाठकले कथाकार गुरुप्रसाद मैनालीले आफ्नो चर्चित कथा ‘सहिद’ मा “मानिसले मर्न जान्नु पर्छ । जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ” भन्ने लेखेको पंक्तिको सन्देशलाई आधार मानेर नाटक तयार गरिएको बताईन् । अहिलेको युवा र उनीहरुको अभिभावक केन्द्रीत यो नाटक पोखराको एउटी एकल आमाको संघर्षको कथा हो,उनले भनिन्,‘जसमा छोराछोरीलाई सम्हाल्दासम्हाल्दै पनि कसरी गलत बाटोमा जान्छन्, त्यो गलत बाटोले समाजमा कस्तो घटना निम्त्याउन सक्छ ? भन्ने देखाइएको छ ।’  

नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको निर्देशक गुरुङले जानकारी दिए ।  

यसअघि ‘यो कस्तो महाभारत’ नाटक निर्देशन गरिसकेका पञ्चसुब्बा गुरुङको यो दोस्रो नाटक निर्देशन हो । यस नाटकमा उनलार्य शीतला अधिकारीले सह–निर्देशकको रुपमा साथ दिएकी छन् ।

प्रकाशित: २२ पुस २०८२ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App