२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पर्वतको लाङ्दी पहिरो : दम्पतीको शव भेटियो

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ। छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गए रातिको पहिरोमा विक दम्पती परेका हुन्।

गए रातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। रासस 

यो पनि पढ्नुहोस्

पर्वतको लाङ्दी पहिरो : श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

यो पनि पढ्नुहोस्

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

प्रकाशित: ४ श्रावण २०८२ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App