३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

फाइल तस्बिर

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन्। एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्।

उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी–३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए।

उनका अनुसार स्थानीयले उद्धार कार्य जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए।

गए रातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।

प्रकाशित: ४ श्रावण २०८२ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App