१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

चितवनबाट सम्पर्कविहीन दिदीबहिनीको मोबाइल लोकेसन काठमाडौं देखियो

चितवनबाट सम्पर्कविहीन दुई किशोरी काठमाडौंमा भेटिएका छन । भरतपुरमा बस्दै आएका १६ वर्षीया रीना विक र १३ वर्षीया रोशनी थापा मंगलबार बिहानदेखि सम्पर्कविहीन भएका थिए । उनीहरु आज (बुधबार) साँझ काठमाडौंमा भेटिएको रोशनीकी फुपू तारा माकाजुले जानकारी दिइन् । उनका अनुसार दुवैजना काठमाडौंको माछा पोखरीमा भेटिएका हुन् ।  

रोशनी र रीना दिदीबहिनीका छोरी हुन्। कक्षा सातमा पढ्दै आएकी रोशनी २०७२ सालदेखि चितवनको भरतपुर महानगरपालिका–११ स्थित नहर चोकमा बस्दै आएकी थिइन्। रीनाको बसोबास भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुरमा थियो।  

दुई छोरी सम्पर्कविहीन भएपछि रोशनीकी आमाले जिल्ला प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएकी थिइन् । उनीहरूको मोबाइल फोनले दिएको अन्तिम संकेत काठमाडौंको बाफल क्षेत्रमा देखिएको थियो ।  

मोबाइल खुल्ने र बन्द गर्ने गरेका थिए ।  पहिलो दिन हिजो १२:५६ मा मोबाइलको अन्तिम लोकेसन काठमाडौंको बाफल क्षेत्रमा थियो । त्यसपछि उनीहरूले मोबाइल बन्द गरेका थिए ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दोस्रो दिन बुधबार बिहान ८:३० बजेतिर मोबाइल खोलेका छन् । त्यसको लोकेसन पनि सोही ठाउँ वरपर देखाएको थियो । त्यसकै आधारमा प्रहरीले खोजी जारी राखेको छ । 

प्रकाशित: ११ भाद्र २०८२ २२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App