२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

धूमपान निषेधको सचेतना दिन माइतीघरमा महानगरको प्रदर्शन

भदौदेखि काठमाडौ महानगरको सार्वजनिकस्थलमा धूमपान निषेध गर्न काठमाडौं महानगरले ठाउँठाउँमा सचेतना कार्यक्रम सुरु गरेको छ। बुधवार राजधानीको माइतीघर मण्डेलामा प्लेकार्ड बोकी महानगरका कर्मचारीहरूले प्रदर्शन गरेका छन्। यस्तो प्रर्दशन महानगरको विभिन्नस्थलमा हुने काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका स्वास्थ्य इन्चार्ज दिपक केसीले जानकारी दिए। उनको अनुसार महानगरले साउनभर जनचेतना कार्यक्रम गरिरहेनछ। नागरिकलाई पूर्ण जानकारी दिएपछि मात्र भदौदेखि सार्वजनिकस्थलमा धुमपान निषेध लागू गर्ने महानगरले जनाएको छ।

महानगरले  एक साता अघि महानगरमा धुमपान निषेध गर्नेबारे सार्वजनिक गरेको हो। ‘भदौ एक गतेदेखि सार्वजनिकस्थलमा धूमपान गरे पाँच सय रुपैंया जरिवना हुनेछ’ इन्चार्ज केसीले भने।  

महानगरले गत वर्ष सार्वजनिकस्थलमा धूमपान निषेध कार्यक्रम सुरु गरे पनि अदालतमा मुद्दा परेपछि बिचैमा अलपत्र परेको थियो। यो वर्ष धूमपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६४ को दफा ४ बमोजिम महानगरले आफ्नो क्षेत्रभित्र स्थानीय तहको भूमिकाको अधिकार बमोजिम निषेध कार्यक्रम अघि बढाएको  केसीले बताए।

प्रकाशित: १४ श्रावण २०८२ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App