२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बाघले खाएको अवस्थामा पुरुषको शव फेला

चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता भएका पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सात बजे घाँस काट्न गएका सोही ठाउँका ६८ वर्षीय पदमबहादुर राना मगर बेपत्ता भएका थिए।

मगरको शव आज दिउँसो २:४० को समयमा जंगलभित्र बाघले खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। खनालका अनुसार, मगर अन्य तीन जनासहित घाँस काट्न वन प्रवेश गरेका थिए। अन्य व्यक्ति सम्पर्कमा आए पनि उनी बेपत्ता थिए।

प्रकाशित: २७ असार २०८२ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App