९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मानपुर-डेढगाउँ सडक कालोपत्र सम्पन्न

बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ। दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन्।  

देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ। यो सडकका निम्ति रु रु ४१ करोड ५२ लाख ४१ हजार विनियोजन भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार रु २६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो। शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाख खर्च भएको छ।  

आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका विभिन्न स्थानमा ३८ किलोमिटर सडक कालोपत्र गरिएको छभने चालु आवमा ५४ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको प्रमुख तिवारीले बताए। 

प्रकाशित: ५ भाद्र २०८२ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App