२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बिबिसीको डकुमेन्ट्री चुनावको मुखमा कसैलाई प्रभावित पार्ने नियतले प्रकाशन/प्रसारण गरियो : खापुङ

बिबिसीले भदौ २३ र २४ को जेनजी आन्दोलनबारे तयार पारेको डकुमेन्ट्रीप्रति तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले आपत्ति जनाएका छन्। नेपाल प्रहरीको सञ्चार सेटको टावर, डाटा अद्यावधिक र भण्डारण अत्यन्तै संवेदनशील विषय भएको र ती कुरा जोकसैलाई प्रहरीले उपलब्ध नगराउने भएकाले यो डकुमेन्ट्री अन्तन्तः गम्भीर छ भन्दै उनले आपत्ति जनाएका हुन्।

‘न्यायिक अधिकारसहित सरकारद्वारा गठित जाँचबुझ आयोगलाई प्रहरीले उक्त विवरण उपलब्ध गराएको डकुमेन्ट्रीमा आएका कुराहरू प्रहरीले दिएको छ जस्तो मलाई लाग्दैन’, उनले भने। उनले यो भिडियो ‘ट्रायल’ भएको र चुनावको मुखमा प्रकाशन/प्रसारण गरेर कसैलाई प्रभावित पार्ने नियतवश आएको बताए।

उनका अनुसार भिडियोमा कन्टेन्टभन्दा पनि शीर्षमा बढी खेलेको देखिन्छ। खापुङले कर्फ्यू लागेपछि कानुनअनुसार नै हुने भएकाले कोही कसैले आदेश दिइरहनु नपर्ने बताएका छन्। ‘कर्फ्यू आदेश जारी भएपछि आवश्यकता अनुसार गर भनेको छ। गोली हान भनेको त छैन नि। पुलिस मर्न आँट्यो, ज्यान जान आँट्यो, आगो लागिसक्यो के गर्ने भनेर कराइराख्दा कर्फ्यू आदेश जारी भएपछिको अवस्थामा कानुनबमोजिम गर्ने हो। फिल्डको अवस्था हेरेर आवश्यकताअनुसार गर्ने हो। वाकीटकीको प्रशंग नेपाल होइन’, उनले भने।

 

यो पनि पढ्नुहोस्

भाँडभैलो मच्चाउन बिबिसीको छनोटपूर्ण डकुमेन्ट्री

 

प्रकाशित: १६ फाल्गुन २०८२ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App