२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

मधेस सरकारको छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

मधेस प्रदेश सरकारले सात वर्षअघि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीको ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम स्थगित भएको छ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाका लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ।  

निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट अभावमा यो कार्यक्रम हाल स्थगित भएको बताए। निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ छोरीको बिमा गरिएको जानकारी दिइएको छ।  

कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२, आव २०८०/८१ मा तीन हजार ७८३ छोरीको बिमा गरिएको थियो।  

हाल १० हजार छोरीको बिमाको प्रिमियम तिर्न बाँकी छ। कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा रु ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ। रासस

प्रकाशित: २ भाद्र २०८२ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App