स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यू हटाएपछि आज बिहानबाटै हेटौँडा लगायत बजारको जनजीवन सामान्य बन्दै गएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आज बिहान सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कर्फ्यू हटाएका हुन्।
निषेधाज्ञा र कर्फ्यू हटेसँगै बजार र पसल खुलेको छ भने बजारमा चहलपहल बढेको छ। जेन- जीको प्रदर्शनका कारण मुलुकको असहज परिस्थितिकाे ख्याल गर्दै स्थानीय प्रशासनले यही भदौ २६ गतेदेखि मकवानपुर जिल्लाभरि निषेधाज्ञा र कर्फ्यू जारी गरेको थियो।
आन्दोलनकारीहरुले हेटौंडास्थित डेढ दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।
प्रकाशित: २८ भाद्र २०८२ १३:४९ शनिबार




