२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बालेनविरुद्ध कवाडी व्यवसायीको आन्दोलन (तस्बिरहरु)

विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन्।

काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन्।

संवैधानिक हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरपालिकाले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही हुनुपर्ने लगायत माग उनीहरुको छ। उनीहरुले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने माग गरेका छन्।

उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका थिए।

सबै तस्बिर: दिपेश दर्शधारी/नागरिक

 

प्रकाशित: १० भाद्र २०८२ १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App