बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरिएको छ।
कपिलवस्तुको कृष्णनगर, मर्यादपुर, चाकरचौडा नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए।
यहाँ भारतसँग ९३ किलो मिटर सीमा नाकामा जोडिएका छन्। निर्वाचलाई स्वच्छ, निष्पक्ष र भयरहीत रूपमा बनाउन सीमा नाकासहित जिल्लाभर व्यापक रूपमा सुरक्षाकर्मी परिचलान गरिएको उनले बताए।
जिल्लाभर नेपाल र सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी गरी ५ हजार बढी सुरक्षाकर्मी परिचालन छन्।
प्रकाशित: १९ फाल्गुन २०८२ १३:२४ मंगलबार





