२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

गुफाडाँडामा पत्रकारहरूको पदयात्रा

मेलम्ची नगरपालिका अवस्थित गुफा डाँडामा  ‘सम्पादक समाज नेपाल’ का सदस्यहरू पदयात्रा गर्दै पुगेका छन्। 

जलवायु परिवर्तनको असरको बारेमा अवलोकन गर्नका लागि पत्रकारहरू  गुफाडाँडा पुगेका हुन्।

पदयात्रामा छापा, विद्युतीय, अनलाइन तथा रेडियो सञ्चारमाध्यममा संलग्न सम्पादक र पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो।

पदयात्रामा पुगेका पत्रकारहरूलाई स्थानीयले झाँकी, फूलमाला सहित  स्वागत गरेका थिए। त्यसपछि पत्रकारहरूले गुफाडाँडाको अवलोकन गरेका थिए।

गुफाडाँडाको पर्यटकीय महत्त्व झल्काउने र उहाँ लुकेर बसेका विषयहरू जनमानसमा ल्याउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सम्पादक समाजका महासचिव श्याम डोटेलले जानकारी दिए। उनले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिए। 

त्यस्तै मेलम्ची नगरप्रमुख आईतमान तामाङले गुफाडाँडाको पूर्वाधार विकासका लागि संघ र प्रदेश सरकारले वास्ता नगरेको बताए। उनले संघ र प्रदेश सरकारबाट प्राप्त प्रतिबद्धता कार्यान्वयन नहुँदा काम गर्न गाह्रो भएको पनि बताए।

प्रकाशित: २९ असार २०८२ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App