कपिलवस्तुको कृष्णगनर र भारतको बढनी क्षेत्रका सुरक्षाकर्मीले दशगाजा क्षेत्रमा संयुक्त सरसफाई अभियान चलाएका छन ।
कृष्णनगर र भारको बढनी क्षेत्रमा पर्ने दशगजा क्षेत्रमा फोहरले गर्दा हिडडुल गर्न समेत समस्या आए पछि त्यहा संयुक्त सरसफाई अभियान चलाएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र तथा भारतीय एसएसबीसहितको संयुक्त टोलीले अभियान संचालन गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक तुला चौधरी, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारी, भारतका तर्फबाट एसएसबीका इस्पेक्टर संजय केसी र वडा नम्बर २ का वडाध्यक्ष कृष्ण कुमार गुप्तको अगुवाइमा अभियान संचालन गरिएको थियो ।

कृष्णनगर नगरपालिकाले सहयोग गरेको सो अभियानमा प्रहरी नायब उपरीक्षक चौधरीले दशगजामा असरल्ल रहेको फोहरले गर्दा दशगजा क्षेत्रमा हिडन समेत समस्या आए पछि त्यहा संयक्त अभियान संचालन गरिएको बताए ।
उनले सबै मिलेर दशगजा क्षेत्रलाई सफा बनाउनु पर्ने बताए । प्रहरी निरीक्षक लौडारीले भारत र नेपालको सुरक्षाकर्मी, नगरबासी, संघ सस्था लगायतका ८० बढीको सहभागीतामा सरसफाई अभियान चलाइएको बताए ।

उनले सबै मिलेर दशगजा र कृष्णनगर बजारालाई सफा राख्नु पर्ने बताए । अभियानले सीमा क्षेत्रमा दुबै देशबीचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने बताइएको छ ।
प्रकाशित: २५ आश्विन २०८२ २०:१६ शनिबार





