३१ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा

फाइल तस्बिर

दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले रु ३२ करोड ७३ लाख बजेमध्ये रु ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिए। 

उनका अनुसार जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ८७, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ १४५, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रमतर्फ ३२ र जलाशय निर्माणका पाँचवटा योजना पूरा भएका हुन् ।

सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारका दुईवटा योजना भने कार्यान्वयनमा हुन नसकेको उनको भनाइ छ । उनका अनुसार हाल कार्यालयबाट तीनवटा बहुवर्षीय योजनाको काम चलिरहेको छ ।

झिग्नी बबई सिँचाइ योजना घोराही–३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली–७ को ठेक्का सम्झौता भइसकेको छभने बस्तीखोला सिँचाइ योजना शान्तिनर–३ र ४ को काम बोलपत्र आह्वान भएको छ ।

कार्यालयले २०७२ सालदेखि अहिलेसम्म १६२ किलोमिटर नहर पक्की बनाएको छभने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ । जसबाट थप सात हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ, भने ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ । जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छभने आठ हजार ६५८ वटा घर सुरक्षित भएका छन् । कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार (९१ हेक्टर ९२५.७२ प्रतिशत) कृषि क्षेत्र हो । जसमध्ये अहिले ६० हजार ३६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ ।

प्रकाशित: २६ श्रावण २०८२ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App