२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

हिमालयन लाइफ इन्स्योरेन्सकाे कार्यालयमा तालाबन्दी

काालीकाेट जिल्लाकाे हिमालयन लाइफ इन्स्योरेन्सकाे कार्यालयमा तालाबन्दी गरिएको छ। खाँडाचक्र नगरपालिका-२ का बिर्खबहादुर खड्काले २०७९ मा इन्स्योरेन्स गरेर २०८१ सम्म किस्ता तिरेको र याे वर्ष ८२ काे किस्ता तिर्न जाँदा ८१ काे किस्ता इन्टी नभएपछि आज तालाबन्दी गरिएको हाे।

बिर्खबहादुर खड्काकाे ३२ हजार ७ सय ३५ ठगी गरेको आराेप छ। स्थानीय देवराज शाहीकाे पहिलो किस्ता बिमा गरेको पैसा फिर्ता माग्दा दिन नमानेपछि कार्यालयमा तालाबन्दी गरेको पीडितको भनाइ छ।

सवारी चालक समेत रहेका खड्का असारदेखि निरन्तर धाइरहँदा पनि समस्य समाधान नपाएपछि आज कार्यालय तालाबन्दी गरेको युवा हिक्मतजंङ मल्लले बताए।

युनियन लाइफ इन्स्योरेन्समा कार्यरत रजबहादुर शाही र बिरता राेका मगरले नगद पैसा बुझि किस्ता नतिरेको कारण यस्तो समस्या आएको हिमालयन लाइफ इन्स्योरेन्सक कार्यालय, कालीकाेटले जनाएको छ।

अहिले दुवै जनाले जागिर छाेडिसकेका छन्। अहिले युनियन, हिमालयन इन्स्योरेन्स गरि तीन वटा इन्स्योरेन्स मर्ज भएका छन्।

प्रकाशित: १४ पुस २०८२ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App