नेपालगन्जमा मंगलबार पनि जेन–जी पुस्ताका युवाहरू ठुलो संख्यामा सडकमा उत्रिएका छन् । उपमहानगरपालिका कार्यालय अगाडिको सडक खचाखच युवाको भीडले भरिएको छ । उनीहरूले हातमा ब्यानर, प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका थिए।
जेन–जी पुस्ताले समाजमा देखिएका विभिन्न समस्याप्रति आवाज उठाउँदै आफ्नो असन्तोष प्रकट गरेका थिए । उनीहरूले जिम्मेवार निकायलाई युवाको भविष्यप्रति संवेदनशील बन्न माग गरेका छन् । प्रदर्शनमा सहभागी युवाहरूले पारदर्शिता, उत्तरदायित्व र अवसरको मागलाई जोड दिएका थिए ।
उपमहानगरपालिका अगाडिको सडकमा प्रदर्शन भइरहँदा सर्वसाधारणको ठुलो जमघट पनि भएको छ । स्थानीय नागरिकले पनि युवाको आवाजलाई सम्बोधन गर्न सरकार र सरोकारवाला निकायप्रति आग्रह गरेका छन् । यसरी पहिलो पटक जेन–जी पुस्ताले ठुलो संख्यामा एकताबद्ध भएर प्रदर्शन गर्दा नेपालगन्जमा युवाको आन्दोलनप्रतिको चासो थपिएको छ ।


प्रकाशित: २४ भाद्र २०८२ ११:५० मंगलबार





