२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्यको शपथ लिन औपचारिक वा पहिचान झल्कने पोशाक चाहिने

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ फागुन २५ गते हुने भएको छ। 

गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित १८ जनाको पद तथा गोपनियताको शपथ फागुन २५ गते हुने भएको हो। 

संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर फागुन २५ गते दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको सपथ हुने जानकारी दिए।  

शपथ ग्रहण समारोहमा औपचारिक वा सांस्कृति पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि लिएर उपस्थित हुन अनुरोध गरिएको छ।  

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले भनेआफ्नो मातृभाषा अनुवाद गरी सो अनुवादको एक प्रति यही फागुन २४ गते आइतबारसम्म संघीय संसद् सचिवालयमा बुझाउनुपर्नेछ। 

राष्ट्रियसभा सदस्यमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा, ललितजंग शाही, रोशनी मेचे, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा, सोम पोर्तेल, गीता देवकोटा, डा. प्रेम दंगाल, जगत तिमिल्सिना, सम्झना देवकोटा, वासुदेव जंगली, चन्द्रबहादुर केसी, मिना रखाल, खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए।

प्रकाशित: १९ फाल्गुन २०८२ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App